
सप्तरी, मंसिर १२ । राजविराजस्थित जिल्ला प्रशासन कार्यालय(सिडिओ)मा अज्ञात समूहले राखेको बम नेपाली सेनाले डिस्पोज गरेको छ ।
आइतबार दिउँसो कार्यालयभित्रै फेला परेको बम कृष्ण दल गणका सह–सेनानी आशिष तामाङ्ग नेतृत्वको सैनिक टोलीले साँझ डिस्पोज गरेको हो ।
बम डिस्पोज गर्ने क्रममा छर्रा लागेर एक जना सैनिक र दुई जना प्रहरी सामान्य घाइते भएको जनाइएको छ ।
कार्यालय भित्रै बम फेला परेपछि कर्मचारीमा त्रास बढेको थियो । जसका कारण दिनभर कार्यालयको काम समेत प्रभावित भयो ।
प्रतिक्रिया दिनुहोस्