१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


प्रसिद्ध चन्दननाथ मन्दिरबाट १६ वटा मुर्ति चोरी


0
Shares

जुम्ला, मंसिर १२ । जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिरमा चोरी भएको छ । शनिबार राति मन्दिरमा रहेका १६ वटा मुर्ति चोरी भएका छन् ।

चन्दननाथ मन्दिरमा रहेको मुख्य दत्रातयको त्रिमुर्तिसहित गौतम बुद्ध, कृष्ण, महाँकाल लगायत देवताहरुको मुर्ति चोरी भएको मन्दिरका पुजारीले जानकारी दिएका छन् ।

सुनको गजुर, देवताको पाइला, बहुमुल्य दायाँं र वायाँं शंख, सिंहासन पनि चोरी भएका छन् । चन्दनाथ कर्णाली क्षेत्रको निकै महत्वपूर्ण पर्यटकीय एवं धार्मिक स्थल मानिन्छ ।