९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


इन्द्र-जवाहर स्वास्थ्य उपचार कोषमा १ करोड रुपैंयाँ


0
Shares

काठमाडौं, मंसिर १० । एन ई गु्रपले त्रिवि शिक्षण अस्पताल बालरोग विभागमा स्थापना गरेको इन्द्र–जवाहर स्वास्थ्य उपचार कोषको रकम बढाएर १ करोड रुपैयाँ पुर्‍याएको छ ।

गु्रपले ८ वर्षअघि असहाय एवं विपन्न बालबालिकाहरुलाई निःशुल्क स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउन १० लाख रुपैयाँको इन्द्र–जवाहर स्वास्थ्य उपचार कोष स्थापना गरेको थियो ।

पटक पटक गरी ५० लाख रुपैयाँ पुर्‍याएको ग्रुपले पुनः ५० लाख थप गरी कोषमा १ करोड रुपैयाँ पुर्‍याएको जनाएको हो ।

आज त्रिवि शिक्षण अस्पतालमा आयोजित कार्यक्रममा एन ई गु्रपका प्रबन्ध निर्देशक रविभक्त श्रेष्ठले कोषमा ५० लाख थपेर १ करोड पुर्‍याएको घोषणा गरे ।

यस कोषबाट गत वर्ष मात्रै २८ जना बालबालिकाले निःशूल्य स्वास्थ्य सेवा पाएको बालरोग विभागले जनाएको छ ।

एन ई गु्रपका उपाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष रविभक्त श्रेष्ठकी आमा जवाहर देवी श्रेष्ठको ९३औं जन्मोत्सवको अवसर पारेर उक्त कोषको रकम १ करोड पुर्‍याएको जनाइएको छ ।