
काठमाडौं, मंसिर ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय काठमाडौंका नासु अंगुरकुमार सिग्देललाई रु ५० हजार घुसहित कार्यस्थलमा नै पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता गणेशराज कार्कीकाअनुसार सेवाग्राहीसँग घुस रकम मागिरहेको प्राप्त सूचनाका आधारमा पुगेको आयोगको टोलीले कार्यालय परिसरबाटै उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्