९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


जाडोमा टमाटरको सुप पिउनुहोस्, यस्ता छन् फाइदा


0
Shares

काठमाडौं, मंसिर ६ । जाडो समयमा तातो खानेकुराले मानिसलाई लोभ्याउँछ । जाडोमा चिया, कफीका अतिरिक्त तालो झोल कुरामा मानिसको रुची बढ्छ । तर मौसमअनुसार खानेकुरामा ध्यान दिने हो भने त्यसले आनन्दका अतिरिक्त शरीरलाई पनि फाइदा नै गर्छ ।

जाडोमा टमाटरको सुपले स्वास्थ्यका लागि निकै फाइदा गर्दछ, साथै चिसो मौसमयमा तातो पेयको तृष्णा पनि मेटाउँछ ।

टमाटरमा भिटामित ‘ए’, ‘इ’, ‘सी’ र ‘के’ पाइन्छ । यसमा एन्टी अक्सिडेन्ट पनि हुन्छ । यसले तपाईलाई स्वस्थ्य र फिट राख्न मद्दत गर्दछ ।

हाडलाई फाइदा : टमाटरमा भिटामिन ‘के’ र क्याल्सियम हुन्छ । यसले हाडलाई बलियो बनाउन मद्दत गर्दछ । टमाटरको सुप नियमित सेवन गर्नाले ‘ट्युमर नेक्रोसिस फेक्टर’ अल्फाको ब्लड लेवललाई ३४ प्रतिशतसम्म घटाउँछ । यसले विभिन्न रोगबाट बचाउन मद्दत गर्दछ ।

दिमागलाई फाइदा : टमाटरको सुपमा कपर पाइन्छ । यसले मानिसमा ‘नर्भस सिस्टम’ लाई ठिक पार्न मद्दत गर्दछ । यसमा पोटासियमको मात्रा पनि उल्लेख्य हुन्छ जसले दिमागलाई स्वस्थ्य र तेज बनाउन मद्दत गर्दछ ।

भिटामिनको उचित समिश्रण : मानिसको शरीरलाई दैनिक १६ प्रतिशत भिटामिन ‘ए’ र २० प्रतिशत भिटामिन ‘सी’ आवश्यक पर्दछ । टमाटरको सुपले भिटामिन सम्बन्धी यो आवश्यकतालाई पुरा गर्न सक्छ ।

क्यान्सरबाट जोगाउँछ : टमाटरको सुपमा हुने एन्टी–अक्सिटेन्टले महिला र पुरुष दुबैमा हुन सक्ने विभिन्न प्रकारका क्यान्सरको जोखिम घटाउँछ । सातामा तीन दिन टमाटरको सुप पिउने हो भने ब्रेस्ट, प्रोस्टेट क्यान्सरको सम्भावना कम गर्दछ ।

मधुमेह रोगीलाई फाइदा : मधुमेह रोगीलाई टमाटरको सुपले फाइदा गर्दछ । यसमा क्रोमियम हुन्छ, जसले ब्लड सुगरलाई नियन्त्रणमा राख्छ । (एजेन्सी)