९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


शनिबार र आइतबार देशव्यापीरुपमा रक्तदान


0
Shares

काठमाडौं, मंसिर ३ । मुलुकभर रगत अभाव हुन नदिन रोटर्‍याक्ट नेपाल डिस्ट्रिक्ट ३२९२ को आयोजनामा शनिबार र आइतबार (भोलि र पर्सी) देशव्यापीरुपमा रक्तदान हुने भएको छ ।

रोटर्‍याक्ट नेपालले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी स्व. रोटर्‍याक्टर सशीनकुमार श्रेष्ठको सम्झनामा देशव्यापीरुपमा रक्तदान गर्न लागेको जनाएको हो ।

शनिबार र आइतबार देशका विभिन्न २७ ओटा स्थानमा रक्तदान हुने जनाइएको छ ।

नेपाल रेडक्रस सोसाइटीको समन्वयमा रोटर्‍याक्ट नेपालमा आवद्ध ८७ ओटा क्लब सहभागी हुने रोटर्‍याक्टर नानीकाजी खड्काले बताए ।

गत वर्ष १ हजार ५ सय प्रिन्ट रगत संकलन गरेको रोटर्‍याक्ट नेपालले यस वर्ष २ हजार प्रिन्ट रगत संकलन गर्ने लक्ष्य लिएको छ ।

काठमाडौं उपत्यकासहित विराटनगर, विर्तामोड, बुटवल, दमौली, धरान, हेटौंडा, इटहरी, काँकडभिट्टा, लेखनाथ, लम्जुङ, नारायणगढ, पोखरा, तुलसीपुर, बनेपामा एकैपटक रक्तदान हुने जनाइएको छ ।