
विराटनगर, मंसिर ३ । नियमविपरीत सन्चालन भएको पाइएपछि विराटनगरका दुई दर्जन बढी स्वास्थ्य संस्थामा सिलबन्दी गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले गरेको अनुगमनका क्रममा नियमविपरीत सन्चालनमा रहेका विराटनगरका २५ ओटा क्लिनिकमा सिलबन्दी गरिएको हो ।
बिनाअनुमति लामो समयदेखि सन्चालनमा रहेका विराटनगरका क्लिनिकमा अनुगमन टोलीले सिलबन्दी गरेको औषधि व्यवस्था विभागका क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख शम्भु साहले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्