१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


बिजुली चोर्ने १२ जना पक्राउ, पक्राउ परेकालाई के गरिन्छ ?


0
Shares

                                                                           फाइल फोटो
महोत्तरी, मंसिर । नेपाल विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वर, महोत्तरीले १२ जना विद्युत् चोरलाई पक्राउ गरेको छ ।

मंगलबार साँझ नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीको साथ प्राधिकरणका कर्मचारीको टोलीले जिल्लाको धिरापुर, एकरहिया, पिपरा, मटिहानी गाविस र जलेश्वर नगरपालिका वडा नम्बर–१५ र १६ बाट १२ जनालाई पक्राउ गरेको कार्यालय प्रमुख सूर्यनारायण मण्डलले बताए ।

जिल्लामा भइरहेको विद्युत् चोरीलाई नियन्त्रण गर्न प्राधिकरणले चलाएको अभियानअन्तर्गत् मंगलबार १२ जना पक्राउ परेका हुन् ।

पक्राउ परेकासँग प्राधिकरणले जनही रु पाँच हजार जरिवाना लिएर मुक्त गर्ने गरेको छ ।

यसअघि पटक–पटक गरी सयजनाभन्दा बढीलाई प्राधिकरणले पक्राउ गरी जरिवाना तिराएको छ ।

महोत्तरीमा ४२ हजार विद्युत् उपभोक्ता रहेकामा करिब १० हजार व्यक्तिले विद्युत् चोरी गरेर उपभोग गरिरहेको कार्यालय प्रमुख मण्डलले बताए । रासस