
फाइल फोटो
म्याग्दी, कात्तिक ३० । म्याग्दीको देवीस्थानमा आफ्नै साथीले चक्कु प्रहार गर्दा एक युवकको मृत्यु भएको छ ।
दरवाङ– २ लामेलाका टीकप्रसाद रोकाले सोमबार राति चक्कु प्रहार गर्दा देवीस्थान–८ का २४ वर्षीय खबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चक्कु प्रहारबाट घाइते पुनकोे जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
अभियुक्त देवीस्थान–८ स्थित ससुरालीमा बस्दै आएका १९ वर्षीय रोकालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ ।
अनुसन्धानका क्रममा उनीहरु दुईजना सँगै बसेर मदिरा सेवन गरेको र एकापसमा भनाभन हुँदा पुनलाई रोकाले चक्कु प्रहार गरेको खुल्न आएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्