१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


ठूलो परिमाणमा सालको काठसहित पक्राउ


0
Shares

धादिङ, कात्तिक २८ । जिल्ला वन कार्यालय धादिङले ठूलो परिमाणमा सालको काठसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङस्थित भंगेरीदेवी फर्निचर उद्योगका सञ्चालक रामबहादुर थापा छन् । जिल्ला वन कार्यालयबाट गएको गस्ती टोलीले सुराकीको आधारमा अवैध रुपमा कटानी गरी फर्निचर उद्योगमा लुकाइ राखेको १ सय ९२ क्युफिट काठ बरामद गरेको हो ।

पक्राउ परेका थापालाई वन ऐनअन्तर्गत कारवाही हुने वन कार्यालय धादिङका प्रमुख इमानाथ पौडेलले जानकारी दिए ।