
-नरेन्द्रराज पौडेल
झण्डै डेढ बर्ष अघिदेखि सरगर्मी र उतारमा रहेको अमेरिकी चुनाव अभियान अस्तिदेखि विश्रान्तिको चरणमा पुगेर सेलाएको छ । राष्ट्पति पदको प्रत्यासीका रुपमा खडा भएका प्रमुख दुई दलका उम्मेदवारमध्ये रिपब्लिकन उम्मेदवार–डोनाल्ड ट्रम्पले विजय हासिल गरे ।
सवैजसो चुनावी सभाहरुमा भाषण गर्दै आफू हारे रिगिङ्ग या धाँधली भएको ठहर हुने र निर्वाचनको नतिजा नै नमान्नेजस्ता गैरप्रजतान्त्रिक ध्वाँस दिएका थिए ट्रम्पले । तर पत्याउने मान्छे कम थिए । जनताले शासन गर्ने सभ्य संसारमै अनौठो लाग्ने यस भनाईले प्रचार अवधिभर दर्शकदीर्घामा राम्रै मनोरञ्जन मंचन भएको थियो । सायद स्याण्डानिष्टा, ज्यापाटिष्टा माओवादी या कुनै आतङ्कवादी गुरिल्ला शैलीको ध्वाँस दिने उनी इतिहासमै पहिलो अमेरिकी राष्ट्रपति उम्मेदवार थिए । तर समयको तकाजा होे या विधिको बिडम्बना ! उनीजस्तो उत्तेजक भाषणशैली ,अशिष्ट व्यवहार र अनुदार एवं बागी विचारका खलपात्रले अमेरिकाको रष्ट्रपतीय चुनाव जितेर संसारभर हलचल मच्चाए । के अमेरिकी जनमत बौलएर हो या उनीसंग तर्सिएरै भोट दिन बाध्य भएको हो त भन्ने अनौठो उत्सुकता पनि जाागेको छ बाहिरी संसरमा ।
उता उदारवादी मानिने डेमोक्रयाटिक उम्मेदवार हिलारी क्लिन्टनको न सोचेको हारले सभ्य संसार स्तब्ध भयो । प्रमुख अमेरिकी शहरहरुमा भएका चुनावी सभाहरुमा शुरुदेखि नै बौद्धिक बहसमा सधै उम्दा प्रस्तुतिले आकर्षणको पात्र रहँदै आएकी थिइन हिलारी । सम्बोधन गरिएका सवै चुनावि सभाहरुमा पूर्ण तयारीसाथ उपस्थित भएर वक्तृत्वकला र जनमास तान्ने सुयोग्य नेतृ हुनुको खुवी राम्रैसंग देखाएकी थिइन उनले । देशका तत्कालीन जल्दाबल्दा समस्या र तिनको समाधानमा उनले चाल्ने भावी कदमबारे सिलसिलेवार ढङ्गले योजना प्रस्तुत गरेकी थिइन ।
इतिहासकै प्रखर व्यक्तित्वका रुपमा चिनिएका उनका पति विल क्लिन्टन र निवर्तमान राष्ट्रपति ओवामा दम्पतिले पनि उलाई भरपूर साथ दिएका थिए । पूर्व रिपब्लिकन राष्ट्रपति जर्ज बुश र पूर्व विदेशमन्त्री कोेण्डलिजा राइसलेसमेत आप्mनो पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई अमेरिकाको रष्ट्रपति हुन अयोग्य घोषित गर्दै हिलारीकै समर्थन गर्ने वचन दिएका थिए । अरु पनि थुप्रै रिपब्लिकनहरु थिए ट्रम्पका वक्तव्यवाजी, जीवनशैली र व्यवहारदेखि चिडिएका र लज्जित बनेका । तर उनीहरुको त्यो भूमिका हिलारीको लागि फलदायी रहन सकेन् । सभ्य व्यवहार र शालीन स्वभावकी नेतृ हिलारीको निश्चित ठानिएको विजयको पूर्व उल्लास उल्टो परिणामले गर्दा पानी मरेको घट्टझैं एकाएक सामसुम्म सेलाएको छ । प्रजातान्त्रिक व्यवस्था संस्थागत भैसकेको भनिएको अमेरिकाजस्तो देशमा भएको यो परिणामले चुनाव स्वयं के साँँच्चिकै जनमत माथिको झेल हो या धाँधलीको खेल हो त भन्ने सर्वव्यापी उत्सुकता जागृत भएको छ यतिबेर ।
सभाहरुका प्रस्तुति, जनमत र मिडियाहरुको रुझान हेर्दा पनि उनी अत्याधिक बहुमतले विजयी हुने चरणमा पुगेकी थिइन । बीचबीचमा इमेल काण्डले तनाव सिर्जना गर्दा र न्यूमोनियाले अस्वस्थ बनउँदा पनि उनी कत्ति हतास बनेकी थिइनन । बरु हाँसीखुशी उच्च मनोबलकासाथ वृहत जनसभहरुमा समयमै उपस्थित भएर सारगर्भित भाषण दिने गर्दथिन । नब्बे मिनेट समयभित्र देशको अर्थिक सामाजिक रुपान्तरण महिला र प्रजननका समस्या बेरोजगारीेको निप्टारा र आप्रावासीको समुचित व्यवस्थापनजस्ता विषयमा स्पष्ट विचार राखेकी थिइन । सधैं अत्यन्त चुस्त, दुरुस्त र आकर्षक देखिने हिलारी अमेरिकी भूगोल र समाजका सबै प्रदेश वर्ग तह र तप्काहरुकालागि साझा र भरपर्दो अभिभावकको रुपमा प्रस्तुत भएकी थिइन् । उनको तर्कपूर्ण धाराप्रवाह भाषणशैलीले जनतामा आकर्षण बढाएको थियो र जातीय बर्गीय भेदभावविरुद्ध सामाजिक रुपान्तरणको प्रत्याभूति गराएको भान पर्दथ्यो । शायद यही करणले नै युरोप अमेरिकादेखि बाह्य संसारभरिका नामूद मिडियाहरुले उनकोे जित निश्चित रहेको कुरा निर्धक्क तवरले प्रसारित गरेका थिए ।
एकदुई दिनयता हिलारीको हारले जन्माएका अक्रोश र असन्तुष्टिहरु अमेरिकी शहरहरुमा छताछुल्ल पेखिँदै आएका छन् । चुनाव परिणामको घोषणा लगत्तै उडेका खुशियालीका बेलूनहरु “ट्रम्पलाई राष्ट्रपति मान्दैनौं” भन्नेजस्ता विद्रोहका नाराहरुको गुञ्जनमा रुपान्तरित हुन पुगेका छन् । सकरात्मक परिवर्तन र उदारतामा विश्वास राख्ने अमेरिकी बुद्धिजीवि वर्गका लागि यो घटना दुःखद आश्चर्य बनेर फैलियो र चर्चा र चासोको विषय बन्यो ।
कुनै बेला अटलान्टिक महासगर तरेर गएका गोरा जाति नै आप्रवासी र स्थानीय रेड इण्डियन आदिवासी रहेको मुलुक हो अमेरिका । त्यसैले हाल अमेरिका पसेका आप्रवासीविरुद्ध गोराहरुले केकेके पार्टी खडा गरेजस्तै जिप्सी, रेडइण्डियन र मेक्सिकनले पनि साम्प्रदायिक पार्टी गठन गरेर गोरा जातिलाई अमेरिकाबाट लखेट्ने अभियान चलाएमा आश्चर्य मान्नु पर्ने छैन । समयको खेला न हो ! इतिहासको अध्यन, राजनीतिक अनुभव र पुर्खौली संस्कार नभएका ट्रम्पलाई रुसलगायत अरु अनुदारवादी शक्तिहरुले प्रयोग गर्न सक्ने संभावना पनि त्यत्तिकै प्रवल रहन्छ । रुसी खुफिया एजेन्सीले बारम्बर सुरक्षा सूचनाहरु ह्याक गरेर हिलारी र ओबामा प्रशासनको बदनामी गरेको थियो । त्यस्तै अमेरिकी संघीय जाँच आयोग पनि निर्वाचलाई प्रभाव पार्न कस्सिएर लाग्यो र हिलारीविरुद्ध प्रयोग भयो । जसले बारम्बार इमेल काण्डको छनविन गर्ने हौवा खडा गरेर प्रजातन्त्रप्रेमी मतदातहरुको मननोवल गिराउने र ट्रम्पलई अघि बढाउने काम गरेको थियो ।
चुनावको अघिल्लो दिनसम्म पनि एफबीआईले हीलारीलाई कमजोर बनाउन छोडेन । इमेल काण्डकै जाल फालेर उनका समर्थकहरुलाई पटकपटक भ्रममा पारेर मनस्थिति विगार्ने र जनमत भडकाउने काम गर्यो । अव्राहाम लिङ्कनको “जनताद्वारा जनताको लागि जनताको सरकर” भन्ने विश्वप्रभावी नारा लिएर जन्मे हुर्केको रिपब्लिकन पार्टीमथि क्यान्सरको ऐजेरु बनेर पलाएका पात्र हुन ट्रम्प । एक्लै कमाउ, भोग गर र मर भन्ने एकसूत्रीय उनको बर्बर युगीन प्रवृत्ति र समजका निमुखा वर्ग, शारीरिक अपाङ्ग, असक्त र महिलाप्रति हदै अनुदार र अमानवीय लाग्दछ ।
मेक्सिकन, अरेवियन र ल्याटिनोहरुप्रति अत्यन्त अनुदार देखिने ट्रम्प कु क्लक्स क्लाङ नामको जातीय अनुदारवादी पार्टीको संरक्षक बनेर युवा जमातलई मण्डलेकरण गर्न सक्छन ,जुन एकीकृत र समावेसी अमेरिकी समाजको लागि विस्फोटक सामाग्री र हतियार स्वयं बन्नेछ । खुला हतियारका पक्षपाती रहेका ट्रम्प नै भावी गृहयुद्धकोे सूत्रधार बन्न सक्छन । यसमा कुनै अश्चर्य मान्नु पर्ने छैन । ५ सय अर्व व्यापार घाटा रहेको चीनसंग उनी शुरुमै आक्रामक नीतिको गुड्डी हाँकीरहेका छन । तर युगौंदेखि अमेरिकी प्रभाव संस्कृतिको छायामा रहेका थाइल्यण्ड फिलीप्पीन्स बर्मा लगायत देशहरु नौरु बेलिजी जस्ता टापुहरु क्रमशः चिनको प्रभावमा लहसिदै गएका छन् ।
आप्रवासीले रोजगारी खोसेको दोष लगाउने गोराहरु कुनै दिन अटालान्टिक तरेर जिप्सी रेडइन्डियन र मेक्सिकन आदिवासीको देशमा आप्रवासी बनेर भित्रिएका थिए । मध्ययुगीन बर्बर प्रकारले त्यहाँको निहत्था जनजाति र ट्राइवल समूहहरुलाई कज्याएर दास बनाएका थिए र आप्रवासी गोराहरु मालिक बनेका थिए । आज तिनै गाोराहरु नक्कली आदिवासी बनेर कु क्लक्स क्लाङ नामको यान्कीहरुको अतिवादी संगठनमा अबद्ध हुन थालेका छन र ट्म्पजस्ता मुस्तण्ड अगुवाको आडमा गोराहरुको जातीय राज्यको सपना देख्दैछन । राजनीतिक र प्रशासनिक अनुभव शून्य रहेका ट्रम्पको कर्मचारीतन्त्र पनि हायर एण्ड फायरले गर्दा केकेकेकै बर्चस्ववाला बन्नेछ भन्नेमा भ्रम लिनु आवश्यक छैन ।
यद्यपि चिनिया, भारतीय, नेपाली लगायत गैर मुस्लिम एसियन आप्रवासीमाथि ट्रम्पको त्यति आक्रमक रबैया देखिदैन । बरु ठूलो अमेरिका बलियो अमेरिका भनेर खोक्रो हावादारी नारा दिएका ट्रम्पले बेरोजगारी निवारण र आर्थिक विकासको पक्षमा भने कुनै ठेस कार्यक्रम दिएका थिएनन् । हिटलर, सद्दाम हुसेन कर्नेल कद्दाफी उत्तर कोरियाली तानशाहको वारम्वार प्रशंसा गर्ने ट्रम्पको कुनै सैद्धान्तिक पृष्ठभूमि र परिपक्व दीर्घकलीन र रचनात्मक विचार देखिन्न । नेपाली देउवा–प्रचण्डका अमेरिकी डुप्लिकेट लाग्ने ट्रम्पले बेरोजगारी हटाउने भन्दैमा जादूकै छडीले रोजगारी दिने त अवश्य होइन ।
महिलामाथिका दुव्र्यवहारका घटना, असक्त, अपाङ्ग र निमुखा नागरिक एवं गरिव बेरोजगारमाथि वारम्वार असम्य र आपात्तिजनक व्यवहार र विचार प्रकट गरेका थिए ट्रम्पले । उनको बोलिवचन र व्यवहारको शैली हेर्दा ओवामा केयर बन्द गर्ने र विदेशी गरीव राष्ट्लाई दिदै आएको सहायता कटौती गर्ने सम्भावना प्रवल रहेको छ । नेटो, मुद्राकोष,अमेरिकी सहयता नियोग र राष्ट्संघलाईसमेत दिदै आएको अमेरिकी सहयोग रकम कटौती या बन्द गर्ने ट्रम्पको भनाइ छ । अवको अमेरिका पहिलेजस्तो सवै अटाउने र उदार प्रकृतिको रहने छैन । बरु अनुदार तथा कट्टरपन्थी प्रशासन र डर त्रास देखाएर विदेशी भगाउने गोराहरुको अभियानमा आधारित राजनीति हावी हुने सम्भावना बढी देखिन्छ । बस !
प्रतिक्रिया दिनुहोस्