
काठमाडौं, कात्तिक २७ । युवा नेत्र सेवाले आँखाका बिरामीको निःशुल्क परिक्षण गरेको छ ।
कीर्तिपुरमा गरेको कार्यक्रममा युवा नेत्र सेवाले आँखाको परीक्षण गरी निःशुल्क औषधिसमेत वितरण गरेको हो ।
परीक्षण गर्दा मोतिबिन्दु भेटिएका बिरामीको शल्यक्रियासमेत गरिएको छ । युवा नेत्र सेवाका अध्यक्ष सिद्धार्थ रञ्जितले दिनभर दुई सयभन्दाबढीको आँखा परिक्षण र ५० जनाको शल्यक्रिया गरिने बताए ।
उनले संस्थामार्फत् विगत १८ वर्षदेखि निःशुल्क आँखा परीक्षण गरिँदै आएको र विभिन्न दुर्गम ठाउँमासमेत स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी दिए ।
अँध्यारोबाट उज्यालो भन्ने नारा दिएर सुरुवात गरिएको अभियानमा एक कप चियाको मूल्य बराबरको रकम दान दिएर आँखाका बिरामीको उपचार गरिँदै आएको छ ।
संस्थाले एक कप चियाका सदस्य बनाएर यसलाई निरन्तरता दिँदै आएको छ ।
निःशुल्क मोतिबिन्दु शल्यक्रिया कार्यक्रममा थाईल्यान्डका कार्यवाहक राजदूत डा. पसुवत याथिपले निरीक्षण गरेका थिए । उनले युवा नेत्र सेवालाई सहयोग गर्ने बचन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्