१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


मुक्का र ढुङ्गा प्रहार गरी वृद्ध दम्पत्तीको हत्या


0
Shares

नुवाकोट, कात्तिक २५ । नुवाकोटको लिखु गाविसमा एक वृद्ध दम्पतीको गएराति हत्या भएको छ ।

जिल्लाको पूर्वी भागमा पर्ने लिखु–२ मजुवा माथिल्लो टोलका ७० वर्षीय धनबहादुर तामाङ र उनकी श्रीमती ६५ वर्षीया कान्छी तामाङको बुधबार राति ९ बजेतिर हत्या भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

तामाङ दम्पतीको छिमेकी २४ वर्षीय रवि तामाङले हत्या गरेको प्रहरीले जनाएको छ । हत्या आरोपी रविलाई प्रहरीले गएराति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय सिक्रेको नियन्त्रणमा राखिएको छ ।

आपसी झैझगडामा रविले मुक्का र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्याको कारण भने खुल्न बाँकी रहेको बताइएको छ । (रासस)