
काठमाडौं, कात्तिक २४ । वेल डान्स स्कुल प्रालिले राष्ट्रव्यापी नृत्य प्रतियोगिता सुरु गर्ने भएको छ ।
वेल डान्सले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी कात्तिक २९ गतेबाट ७५ जिल्लालाई समेटेर राष्ट्रव्यापी नृत्य प्रतियोगिताको सुरु गरिने र त्यसको औपचारिक प्रशारण इमेज च्यानलबाट गरिने जानकारी दिएको हो ।
कार्यक्रममा उक्त प्रतियोगिताका लागि काठमाडौंबाहिर झापा, सुनसरी, सर्लाही, मकवानपुर, चितवनलगायत १२ स्थान र काठमाडौंका १५ ओटा स्थानहरुबाट फर्महरु वितरण भैरहेको जानकारी पनि दिइयो ।
राष्ट्रव्यापी उक्त नृत्य प्रतियोगिताका विजेतालाई होन्डा डियो र सामसुङको मोबाइल, दोस्रो स्थान हासिल गर्नेलाई नगद ७० हजार रुपैयाँ र तेस्रो हुनेलाई ४० हजार रुपैयाँ प्रदान गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्