
कञ्चनपुर, कात्तिक २१ । कञ्चनपुरको बेलौरीनगरपालिका, ६ बुटावारीकी ३५ वर्षिय तुलसी भट्टको हत्या गरिएको छ ।
आइतबार विहान स्थानीयले भट्टलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
मृतकको शरिरको विभिन्न भागमा निलडाम र घाउ देखिएकाले हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
उनकै जेठाजु ईश्वरी भट्ट फरार रहेकाले जेठाजुले नै हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
शव पोष्टमार्टमाका लागि महाकाली अञ्चल अस्पताल लगिएको र हत्याराको खोजी भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्