१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


प्रहरीचौकीबाट लुटिएका सबै हतियार फेला, प्रहरीसहित १२ जना पक्राउ


0
Shares

सुर्खेत, कात्तिक १९ । सुर्खेतको आग्रीगाउँ प्रहरीचौकीबाट गत मंगलबार राति लुटिएका सबै हतियार फेलापरेको सुर्खेत प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले शुक्रबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी फिर्ता ल्याइएका हतियार सार्वजनिक गरेको हो ।

प्रहरीले सो चौकीका प्रहरीसहित १२ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको पनि जिल्ला प्रहरीले जनाएको छ ।

तीन दिनको ‘अपरेसन’पछि जिल्लाकै काफलकोट गाउँबाट लुटिएका सबै हतियार बरामद गरेको प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले जानकारी दिए ।

घटनामा संलग्न १२ जना स्थानीय अझै फरार रहेको पनि प्रहरीको भनाइ छ ।