१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


पसलभित्रै सन्चालकमाथि आक्रमण, अढाइ लाख लुटियो


0
Shares

इटहरी, कात्तिक १७ । इटहरी उपमहानगरपालिका–१ स्थित इलाका प्रहरी कार्यालयनजिकै रहेको दाहाल कोल्ड सेन्टरका सन्चालक ६५ वर्षीय केदार दाहाललाई पसलभित्रै सांघातिक आक्रमण गरी अढाइ लाख रुपैयाँ लुटपाट गरेको घटना बुधबार सार्वजनिक भएको छ ।

प्रहरीले घटना भएको पसल खोलेर मुचुल्कासमेत गरेको छ ।

कात्तिक १५ गते राति ९ः३० बजेतिर दाहालको टाउको र अनुहारमा इँटाले हिर्काएर कोल्ड सेन्टरभित्रै लडाइ बाकसमा भएको अढाइ लाखभन्दा बढी नगद लुटेर सटर बन्द गरी आक्रमणकारी फरार भएको घटनाको बुधबार अनुसन्धान थालिएको हो ।

घाइते दाहालको भने विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इप्रका इटहरीले जानकारी दिएको छ ।

घटनास्थलमा फेलापरेको मोबाइलका आधारमा एक शंकास्पद व्यक्ति नियन्त्रणमा लिइसकेको र अरु अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताएका छन् ।

उपचाररत् दाहालको आँखा र गिजामा जोखिमपूर्ण चोट रहेको तथा उनी अझै अर्धचेत अवस्थामा रहेकाले आक्रमणकारी यकिन गर्न कठिनाइ भइरहेको उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शैलेस विष्टले बताएका छन् । रासस