१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


२७ जुवाडे पक्राउ, ८ लाख रुपैयाँ बरामद


0
Shares

चितवन, कात्तिक १७ । जिल्ला प्रहरी कार्यालय चितवनले तिहारको अवधिमा जुवा खेल्दै गरेका २७ जनालाई पक्राउ गरी जुवाको खालबाट आठ लाख ६५ हजार ९ सय ७० रुपैयाँ बरामद गरेको छ ।

भरतपुर उपमहानगरपालिका–८ गौरीगञ्जबाट गएराति ११ जना व्यक्ति र उनीहरुको जुवा खालबाट पाँच लाख ३१ हजार ८ सय २५ रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार सोमबार राति भरतपुर उपमहानगरपालिका– १२ मुनालचोकबाट १६ जना व्यक्ति र उनीहरुको जुवाको खालबाट रु तीन लाख ३४ हजार १४५ बरामद भएको छ ।

प्रहरीले तिहारको समयमा जुवातास नियन्त्रण गर्न अभियान चलाएको भए पनि पेसेवर रुपमा उनीहरु मात्रै पक्राउ परेको श्रेष्ठले बताए । उनीहरुविरुद्ध जुवा ऐन २०२० अन्तर्गत मुद्दा चलाइने भएको छ । (रासस)