१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


ठूलो परिमाणमा सुर्ती र पटाका बरामद


0
Shares

राजविराज, कात्तिक १५। सप्तरी प्रहरीले सोमबार ठूलो परिमाणमा सुर्ती र पटाका बरामद गरेको छ ।

भारतबाट अवैधरुपमा ल्याइएको सुर्ती र पटाका ८ लाख रुपैयाँ माथिको रहेको प्रहरीको भनाइ छ ।

बोदे–बर्साइनबाट भन्सार छलेर भित्र्याइएको सुर्ती र पटाका बरामद गरेको सप्तरीका प्रहरी उपरीक्षक भीम प्रसाद ढकालले जानकारी दिए ।

सुर्ती र  पटाका ल्याउने बोदे बर्साइन–३ निवासी कपलेश्वर साह र उनका छोरा खगेन्द्र साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।