
नरेन्दराज पौडेल –
झण्डै तीन सय बर्ष पुरानो एकात्मक,सवल र गौरवाशाली इतिहास बोकेको नेपालको स्वतन्त्रताको इतिहास विश्वको राजनीतिक रङ्गमञ्चमा उदाहरणीय पहेली थियो । बहादुर त्यगी तपस्वी पुर्खाको योगदानले नेपाल देशको सार्वभौमिकता र प्रादेशिक अखण्डता सधै अक्षुण्ण रहँदै आएको थियो । आप्mनो बहादुरी र पराकमले विश्वमा सधै उच्च शिर गरेर नाम र कीर्तिमानी कायम गरीआएको बीर नेपालीको त्यो ऐतिहासिक गौरवगाथा हाल आएर धरापमा परेको छ । आन्तरिक नेतृत्वको असक्षमता र वाह्य हस्तक्षेपको कारणले यी दिन देख्नु परेको पनि नेपाली मात्रलाई अनुभव भएको छ ।
एकसय बीसभन्दा बढी जातजाति र भाषाभाषीहरुले मिलीजुली बसोबास गरीआएको यो देशमा पारस्परिक सद्भाव भाइचारा र सहकार्यले नै सामाजिक र सांस्कृतिक एकताको व्यूहरचना निर्माण भएको थियो । त्यो सशक्त ब्यूहरचनालाई दर्वार हत्याकाण्डपछि कम्जोर बनेको राजतन्त्रले जगेर्ना गर्न सकेन । लामो संघर्ष र वलिदानीपछि नेपाली जनताले एक दशक अघिमात्र ल्याएको गणतन्त्र पनि संरक्षणको अभावमा ख्याउटिदै गएको छ र असक्षम नेतृत्वकै कारण राष्ट्यि एकता कायम गरेर पुखौंली स्वाभिमान बचाउने कार्यमा निकम्मा सावित हुन पुगेको छ । हाल आएर नेपालको राजनीतिक नेतृत्वको नादान प्रवृत्तिले गर्दा पिछडिएका किनारिएका र मधेशबासी जनताको नाममा विखण्डनवादी धार मुखर हुन लागेको छ । सार्वभौम जनताको नेतृत्व गर्ने पार्टी र प्रतिनिधिहरुमा समेत विश्वासघाती र अवसरवादी प्रवृत्ति बढेको छ । देशको अस्मिता ,जनइच्छा र भावनामाथि बारम्बार तुषारापात हुने गरेको छ । सर्वसाधारण नागरिकको जीवन धान्ने न्यूनतम आवश्यकतामाथि खेलवाड गर्ने घातक प्रवृत्ति हावी हुँदै गएको छ । सुशान सञ्चालनमा पटक पटक असफल बनेका आवधिक सरकारहरु कर्तव्य निर्वाहमा उदासीन र असक्षम भएकाले नै तस्करी महँगी र वेरोजगारीले निरीह जनतामाथि अत्याचारको लाठी बर्षाएको छ । कृषि र औद्योगिक उत्पादनमा ह्रास आउँदै गरेकोले परनिर्भरता बढेर राष्ट्यि जीवन पङ्गू बन्दै गएको छ भने भ्रष्टाचार चरम महँगी आदि कारणले जनाताको जीवन निर्वाहको स्थिति नाजुक बन्दै गएको छ । त्यस्तै वैदेशिक मामिलामा पनि सत्ताधारीहरुको असक्षमता,अकुशलता र आन्तरिक व्यवस्थापनमासमेत परावलम्वी बन्ने प्रवृत्तिले देशको शिर झन झन तल नुगाउने काम भएको छ । राष्ट्यि स्वाभिमान र मर्ममाथि मध्य युगीन दासत्वप्रवृत्ति लाद्ने काम पनि सरकार चलाउने जनताकै प्रतिनिधिबाट भैरहेको अनौठो अवस्था विद्यमान छ ।
प्रसङ्ग महामहिम भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यसैहप्ता हुन लागेको नेपाल भ्रमणको सिलसिलासंग पनि गाँसिएको छ । नेपाल भारत खुला सीमा भएका दुइ मित्रराष्ट् भएकाले एक देशका राष्ट् प्रमुखले अर्को छिमेकी देशमा वेलावखत भ्रमण गर्नु स्वाभाविकै हो । त्यस्तै नेपाल भारत सीमा वारपारका क्षेत्रमा बसोवास गर्ने जनतावीचको कुटुम्ब र पारिवारिक सम्वन्धसूत्र पनि अदिम कालदेखिकै पुरानो मानिन्छ । दुवै देशका नागरिकहरुको ठूलो समुदाय रक्तसंवन्ध र पारिवारिक नातामा गाँसिएकोले पनि दुइ देशको सम्बन्धमा माधुर्य र गाढापन थपिएको कुरामा पनि अस्वीकार गर्ने ठाउँ छैन । परापूर्व कालदेखि अत्यन्त गाढारुपमा कायम रहीआएको शैक्षिक, धार्मिक र सांस्कृतिक संवन्धले पनि राष्ट्पमुखहरुको भमणलाई बढी आतिथ्यपूर्ण र स्नेहसिक्त बनाएर निरन्तरता दिएको अनुभव हुन्छ ।
भर्खरै सात दशकको इतिहास बोकेको भारतभन्दा तीन सय बर्षको लामो एकात्मक राज्यको रुपमा शक्तिशाली र स्वाभिमानी इतिहास रहेको नेपाल दाजु राष्ट हो । यो मात्र त्यस्तो देश थियो जो मुगल कालदेखि अग्रेज शासनकालसम्मको लामो समय वारम्वार डटेर वैदेशिक फिरिङ्गको आकमणविरुद्ध देश रक्षा गर्न सक्षम र सवल रह्यो । तर उति वेरका भारतका राजा रजौटा तथा मुगल वादशाहहरुले अंग्रेजहरुको व्यापारिक उपनिवेश र हुकुमी शासन परास्त गर्न सकेनन । नेपाल भने वाुम्बारका युद्धहरुमा आत्मरक्षा गर्नमा अब्बल रह्यो ।
जतिसुकै मित्रता भएपनि भारत नेपाल दुई अलग स्वतन्त्र राष्ट हुन । बृटिश शासनको अन्त्य र स्वतन्त्र भारतको उदयपछि नेपालको राष्टियतामाथि अवाञ्छित प्रहारहरु पनि उतैबाट बढी हुन थालेका हुन । तर यतिबेर भने आफनै राष्ट्राध्यक्षदेखि सरकार प्रमुखलेसमेत स्वागतसत्कारको नाममा देशको स्वाभिमानमाथि नै आँच आउने गरी अस्वाभाभिक गतिविधिहरु देखाउन थालेपछि नेपाली शिर लाजले झनै निहुँरिएको छ ।
लाग्छ नेपाली नेताहरुलाई भारत ठूलो र आपूm सानो राष्ट्र भन्ने फोवियाले गस्त पारेको छ । तर भौतिक रुपमा देखिने स्थूलता र फराक आयतन ओगटने आकार लिँदैमा त्यसलाई कुनै पनि दृष्टिले ठूलो भन्न मिल्दैन । जनताकै आर्थिक सामाजिक अवस्थाको तथ्याङ्क हेर्ने हो भनेपनि यो कुरा छर्लङ्ग देखिने छ । भारतका सडकपेटी र खुला आकाशमुनि वस्ने बहिरा, अङ्गभङ्ग,लूलालङ्गडा,असहाय र लावारिस वालवालिका एवं वृद्धबृद्धा तथा रोजगारी विहीन नागरिकहरुले नेपालको कूल जनसंख्यालाई ठूलै परिमाणले उछिन्न पुगेको तथ्याङ्क भेटिन्छ । राष्टिय जीवनको मूल धारबाट किनारिएका बेरोजगार भोका नाङ्गा भारतीय नरनारीहरु नेपाली जनताको कूलसंख्याको दशदोब्बर बढी रहेका छन र उनीहरु रेल्वेको छहारी पाटी पौवा आकाशे पुलमुनि भोकै नाङ्गै जीवन निर्वाह गरी रहेका छन । त्यस्तै सीमान्त आय भएका र बेरोजगार रहेकाहरुको संख्या पनि नेपालको कूल जनसंख्याभन्दा दश दोव्वर माथि नै रहेको तथ्याङ्कहरुले बताएका छन ।
आफुभन्दा धेरै कान्छो भाइराष्ट्रका प्रमुखले नेपालको भ्रमण गर्दा नेपाली समकक्षीले आश्चर्य लाग्दो ढंगले चाकडीको व्यवहार किन देखिइराखेका छन भन्ने प्रश्न खडा भएको छ । नेपालका कुनै पनि राष्ट्रपति भारत भ्रमणमा जाँदा भारतीय राष्ट्रपति विमानस्थलसम्म लिन आएका घटना कहिल्यै सुन्नमा आएनन । तर नेपालका राष्ट्रपतिलाई एयरपोर्टमै पुगेर भारतीय समकक्षीको स्वागत गर्नु पर्ने रङ किन चढ्यो ? जनताको सर्वोेच्च पदमा पुगेको व्यक्तिले त्यो पदको दुरुपयोग गर्नु आफ्नै देशको सार्वमौमिकता र स्वाभिमानमाथि कुठाराघात गर्नु हो । यो विश्वव्यापी मान्यतालाई नेपालका राष्टपति या पधानमन्त्रीले वारम्बार उल्लङघन गर्न मिल्छ त भन्ने प्रश्न यतिबेर ज्वलन्तरुपमा खडा भएको छ । राष्ट्पतिको कुर्सी भनेको अमुक व्यक्तिको पुर्खाको बपौती दाइजो र अपुतालीमा आएको बस्तु अवश्य होइन । नेपाली जनताको सार्वभौम सत्ताको प्रतिनिधिपात्र बस्ने सर्वोच्च आसन हो त्यो । त्यसको सरक्षण र पुर्खौली गौरवको जगेर्ना गर्ने प्रतीकको रुपमा नेपाली जनताले सुम्पिएको गौरवशाली सिंहासन हो त्यो । त्यहाँ बस्ने जो कोही अमुक व्यक्तिले जथाभावी कुर्सीको मर्मविपरितको उत्ताउलो आचरण प्रदर्शन गरी हास्यास्पद अभिनय प्रस्तुत गर्दा जो कोही व्यक्तिलाई आपूmले के के न बहादुरी गरेँ भन्ने भान होला । तर त्यो आडम्वरको गरलपान मात्र हुनेछ र सार्वभौमसत्ता सम्पन्न जनताको विश्वासमाथि बज््््रपात हुनेछ । के भारतीय राष्ट्रपतिले मलाई लिन तिमी एयरपोर्टसम्म आउनु भनेका थिए ? के हाम्रा राष्ट्पति महोदयले शीतल निवास पु¥याउने बाटो नदेखाएको खण्डमा महामहिम प्रवण मुखर्जी हवाई मैदानबाट बाटो बिराएर सानो ठिमी या साँगातिर लाग्ने कुनै संभावना छ ?
पहिले पनि भारतीय राष्ट्रपतिहरु पटक पटक नेपाल आएका थिए । नेपालका भारत गएका थिए । तर न त भारत नत नेपालमा कोही कसैलाई लिन एयर्पोट पुग्नु परेको थिएन । कुनै मध्ययुगीन साम्राज्यको तानाशाह आफ्नो उपनिवेशको प्रान्तिय भ्रमणमा गएको बेला देखाइने चाकडीको व्यवहार भर्खरै गणतन्त्रमा प्रवेश गरेको सार्वभौम नेपालका राष्ट्रपतिले देखाउन मिल्छ त ? आफ्नो पदको मार्यादा आफैले राख्न जान्नुपर्छ । अन्यथा पदीय मर्यादाबाट चुकेपछि जस्तोसुकै अल्को कुर्सीमा बसेपनि मान्छेके अवमूल्यन हुन्छ । त्यति सम्म त अझ कोही थिएन । उसले प्तिनिधित्व गरी आएको विशाल संख्याको जनताको साख गिर्छ । अस्मितामा चोट लाग्छ । स्वाभिमानमा धक्का पुग्छ । त्यसैले नीतिशास्त्रमा पनि भनिएको छ – स्थानभ्रष्टाः न शोभन्ते दन्ता केशाः नखा नरा: ।
सरकारले राष्ट्रपति प्रणव मुखर्जी आउने दिन सार्वजनिक विदा दिएर अर्को आपत्तिजनक चाकडी र उत्ताउलोपन देखाएको छ । भारतीय राष्ट्रपतिले मेघालय,गोवा,सक्किम,त्रिपुराजस्ता कुनै भारतशाशित प्रान्तको औपचारिक भमण गर्दा त्यहाँका राज्यपालद्वारा गरिने स्वागत र अगुवाइको नमूना लाग्दछ यो उत्ताउलो कार्यक्रम । नव निर्माणको चरणमा रहेका नेपालका शिक्षा व्यापार उद्योग र सुशासनजस्ता क्षेत्रहरुमा घण्टा मिनेटको हिसावले काम गर्नुपर्ने अवस्थामा दिनैभरी काम ठप्प पारेर देशको सक्रिय जनशक्तिलाई सरकार आफैले वेरोजगार जुवाडे र जंड्याहा बनाएको छ । राष्ट्र निर्माणप्रति देखाएको सरकारको यो उदासिनताले गणतन्त्र नेपालको नवनिर्माणलाई परावलम्वी त बनाउछ नै साथै भविष्य सन्ततिको आत्मवल विश्वास र क्रियाशीलतामा पनि ह्रास र उदासीनताको वीजारोपण गरेको छ ।
एक देशका राष्ट्र प्रमुख अर्को देशमा जाँदा सार्वजनिक विदा दिने चलन समानता र पारस्परिक सह अस्तित्वको आजको युगमा शायदै कहिँ होला । तर नेपनली शासकहरुले हदैसम्म तल झरेर दासत्वपूर्ण व्यवहार देखाउनु स्वयं पाहुनालाई नै लाज लाग्नु पर्ने विषय बनेको छ ।
प्रतिक्रिया दिनुहोस्