१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


ईटालीमा फेरि शक्तिशाली भूकम्प


0
Shares

                                                      फाइल तस्वीर

रोम, कात्तिक १४ । ईटालीमा फेरि शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेका अनुसार आइतबार गएको भूकम्प ७.१ म्याग्निच्यूड मापन गरिएको छ ।

दक्षिणपूर्वी सहर पेरुग्याबाट ६८ किलोमिटर पूर्व केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको केन्द्र एक सय आठ किलोमिटर गहिराईमा रहेको बताइएको छ ।

भूकम्पबाट भएको जनधनको क्षतिको विवरण भने आइसकेको छैन । गत बुधबार पनि ईटालीमा भूकम्प गएको थियो । (एजेन्सी)