१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


साउदी अरब नेतृत्वको गठबन्धन सेनाद्वारा यमनमा हवाई हमला


0
Shares

यमन, कात्तिक १४ । साउदी अरब नेतृत्वको गठबन्धन सेनाको हवाई आक्रमणमा यमनमा ३० जना मारिएका छन् ।

घटनामा ४३ जना घाइते भएका छन् । हूथी विद्रोहीको नियन्त्रणमा रहेको पश्चिम बन्दरगाह होदेदाको क्षेत्रमा आक्रमण गरिएको हो ।

मारिनेमा धेरैजसो कैदी रहेको जनाइएको छ । यमनमा सन् २०१४ देखि हूथी विद्रोहीले सरकारविरुद्ध सशस्त्र संघर्ष गरिरहेको छ ।

सो संगठनले केही शहरमा नियन्त्रण पनि कायम गरेको छ । अरब गठबन्धनले भने यमनका निर्वासित राष्ट्रपतिलाई फेरि सत्तामा पुर्‍याउन हूथीमाथि आक्रमण गरिरहेको छ ।

नागरिक मारिएकामा साउदी अरबको आलोचना पनि भइरहेको छ । (एजेन्सी)