१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


क्षेप्यास्त्र परीक्षणको विफलताबारे उत्तर कोरियाली नेताको गम्भीर चासो


0
Shares

उत्तर कोरिया, कात्तिक १३ । उत्तर कोरियाली नेता किम जोङ उनले क्षेप्यास्त्र परीक्षणमा मुलुकले झेल्नु परेको असफलताबारे गम्भीर छानविन गरिरहेका छन् ।

उनले क्षेप्यास्त्र परीक्षण कार्यक्रममा अमेरिकी र दक्षिण कोरियाली जासुसको भूमिकाबारे अनुसन्धान अघि बढाएका हुन् ।

उत्तर कोरियाद्वारा परीक्षण गरिएका केही क्षेप्यास्त्र सफल नहुनुमा अमेरिका र दक्षिण कोरियाको भूमिका रहेको हुन सक्ने आशंकाका साथ छानविन अघि बढाइएको अधिकारीहरुको भनाइ छ ।

मुसुडान क्षेप्यास्त्र आठ पटकसम्म परीक्षण गर्दा एक पटकमात्र सफल भएको थियो । यी असफलताका लागि उत्तर कोरियाले आफ्नो मुलुकको परमाणु हतियार कार्यक्रममा जुटेका अधिकारीहरु मध्ये केही अमेरिकी र दक्षिण कोरियाली जासुस हुन सक्ने आशंका गरेको छ । (एजेन्सी)