
लिबिया, कात्तिक १२ । आप्रपासीहरु सवार एक डुंगा लिबियाको तटीय क्षेत्रमा दुर्घटना हुँदा ९० भन्दा बढी व्यक्ति वेपत्ता भएका छन् ।
तटीय गार्डका प्रवक्ताले पत्रकार सम्मेलन गरी डुंगामा एक सय २९ जना सवार रहेका र त्यसमा २९ जनालाई भने उद्धार गरिएको जानकारी दिएका छन् । बेपत्ता रहेका यात्रुमा तीन महिला र एक बालकसमेत रहेको बताइएको छ ।
सो डुंगा लिबियाको राजधानी त्रिपोलीबाट ५० किलोमिटर पूर्वमा रहेको तटीय क्षेत्र गराबुल्लीबाट प्रस्थान गरेको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्