१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


भारत–पाकिस्तान नयाँ द्वन्द्व, एकअर्काका कर्मचारी देश निकाला


0
Shares

इस्लामावाद, कात्तिक १२ । भारत र पाकिस्तानबीचको सम्बन्ध चिसिदैं गएको समयमा दुबै मुलुकले एकअर्काको एक–एक कर्मचारीलाई देश निकाला गरेका छन् ।

बिहीबार भारतले पाकिस्तानी उच्चयोगका एक कर्मचारीलाई २९ अक्टोबरसम्ममा भारत छाड्न आदेश दिएको थियो । लगत्तै पाकिस्तानले पनि इस्लामावादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई देश निकाला गरेको छ ।

पाकिस्तानी विदेशसचिव निसार अहमद चौधरीका अनुसार यसबारे भारतीय राजदूतलाई सूचित गरिएको छ । पाकिस्तानी विदेश मन्त्रालयका अनुसार भारतीय उच्चायोगका सदस्य सुरजित सिंहलाई पाकिस्तानबाट निकाला गरिएको हो । उनलाई शनिबारसम्म पाकिस्तान छाड्न आदेश दिइएको छ ।

यसअघि भारतले पाकिस्तानी उच्चयोगका कर्मचारी महमुद अख्तरलाई देश निकालाको आदेश दिएको थियो । (एजेन्सी)