
काठमाडौं, कात्तिक ११ । अफगानिस्तानमा अमेरिकी ड्रोन आक्रमणमा एक जना अल कायदाका नेता मारिएका छन् ।
अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको कुनार प्रान्तमा गरिएको हमलामा फारुक अल कोहतनी मारिएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
युरोप र अमेरिकाका विभिन्न आक्रमणको योजना बनाउँदै आएका फारुक अल कायदाका मुख्य कमाण्डर मानिन्छन् ।
उनले अफगानिस्तानमै बसेर अमेरिका र युरोपका लागि उनकै कमाण्डमा आतंकवादी हमला हुने गरेको बताइएको छ ।
उनको मृत्युबारे अलकायदाले कुनै प्रतिक्रिया दिएको छैन । यद्यपी अमेरिकाले भने आफूहरुको ठूलो उपलब्धि भएको जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्