१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


इटालीमा दुई वटा शक्तिशाली भूकम्प, सयौं पुराना भवन भत्किए


0
Shares

काठमाडौं, कात्तिक ११ । इटालीको मध्यक्षेत्रलाई केन्द्र विन्दू बनाएर दुई वटा शक्तिशाली भूकम्प गएका छन् ।

स्थानीय समयअनुसार बेलुका ७ बजेर १० मिनेट जाँदा माचेराटा प्रान्तको भिस्सोलाई केन्द्रविन्दु बनाएर पहिलो पटक ५ दशमलव ५ म्याग्निच्यूटको भूकम्प गएको थियो ।

त्यसको दुई घण्टापछि सोही स्थानलाई केन्द्रविन्दु बनाएर ६ दशमलव १ म्याग्निच्युटको भूकम्प गएको इटालीका सरकारी अधिकारीले बताएका छन् ।

भूकम्पका कारण मध्य इटालीका पुराना भवनहरु भत्किएका छन् । हजारौं सर्वसाधारण घरबाहिर निस्किएर सडकमा बसिरहेका छन् ।

italy2

भूकम्पबाट भत्किएका भवनमा च्यापिएर दुई जना घाइते भएको बताइएको छ । धक्का राजधानी रोमसहित मध्य इटालीको सबै क्षेत्रमा महसुस भएको थियो ।

भूकम्पका कारण धेरै जसो पुराना घर भत्किएका छन् । उद्धार तथा राहतका लागि उद्धारकर्मी खटिएका छन् ।

इटालीमा दुई महिना अघि अगस्ट २४ मा गएको ६ दशमलव २ म्याग्नेच्युटको भूकम्पका कारण २ सय ९८ जनाको ज्यान गएको थियो । (एजेन्सी)

italy3