१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


आइएसद्वारा ३० जना सर्वसाधारणलाई अपहरण गरी हत्या


0
Shares

काठमाडौं, कात्तिक १० । अफगनिस्तानमा इस्लामिक स्टेट आईएसले ३० जनाको अपहरण गरी हत्या गरेको छ ।

अफगानिस्तानको घोर प्रान्तमा काठ संकलन गरिरहेका सर्वसाधारणको अपहरणपछि हत्या गरेको बताइएको छ ।

सर्वसाधारण अपहरणमा परेको खबरपछि सेनाले कारवाही गरेको थियो । सेनाले कारवाही थालेपछि अपहरणमा परेकाहरुलाई आइएसले गोली हानी हत्या गरेको अफगानी अधिकारीहरुले बताएका छन् ।

अफगानिस्तानका जनता तालीवान बिद्रोही र आईएसको दोहोरो मारमा छन् । (एजेन्सी)