८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


छाडा होइन सभ्य सिनका लागि तयार छु: मोडल सुमिना


0
Shares

काठमाडौं । सुमिना कुलुङ नेपाली मोडलिङ क्षेत्रको नौलो नाम हो । संखुवासभामा जन्मिएर काठमाडौंमा संघर्ष गरिरहेकी उनी मोडलिङ क्षेत्रलाई छाडा र असभ्य होइन सम्मानयोग्न बनाउन रुचाउँछिन् ।

शंकरदेव क्याम्पसमा विविएस अध्ययन गरिरहेकी २२ बर्षीया सुमिनाले केही म्यूजिक भिडियो र पर्यटन सम्बन्धी बृत्तचित्रमा पनि अभिनय गरेकी छिन् ।

नेपाली मोडलिङ क्षेत्रलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न सके सम्मानयोग्य र ब्यावसायी बनाउन सकिने उनी बताउँछिन् ।

नाङ्गिदैमा आकर्षण हुने भन्दा पनि अभिनय आकर्षक बनाएर दर्शकको मन जित्ने उनको रहर छ ।

sumina1

५ फिट ३ इन्च अग्ली सुमिना डान्स र अभिनयमा धेरै रुची भएको बताउँछिन् । समाजलाई पाच्य हुनसक्ने सभ्य सिन दिएर माडलिङ क्षेत्रमा नयाँ आयाम थप्ने उनको इच्छा छ ।

‘मोडलिङ क्षेत्र ग्ल्यामरस हुनुपर्छ तर सभ्य र सम्मान गर्न लायक हुनुपर्छ,’सुमिनाले आफ्नो तर्क सुनाइन् ।