
काठमाडौं, कात्तिक ९ । हङकङमा आएको शक्तिशाली ‘हाइमा’ आँधीका कारण हजारौं मानिस प्रभावित भएका छन् ।
आँधीका कारण सडक र हवाई यातायात समेत अवरुद्ध बनेका छन् भने सयौं घरमा क्षति पुगेको छ । हङकङका सात सयभन्दा बढी उडान रद्द हुँदा सयौं यात्रु अलपत्र परेका छन् ।
प्रतिघण्टा १ सय ३० किलोमिटरका दरले आएको आँधीका कारण स्कूल तथा कलेज पनि बन्द गरिएका छन् ।
ठाउँ–ठाउँमा बिजुलीका पोल तथा रुख ढल्दा बिजुली आपूर्ती समेत बन्द भएको छ । आँधीको प्रभाव फिलिपिन्स र चीनसम्म पनि पुगेको छ ।
आँधीले चीनका दर्जनौं घरमा क्षति पुर्याएको छ भने फिलिपिन्समा पनि सयौं बिस्थापित भएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्