१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


पाकिस्तानको प्रहरी तालिम केन्द्रमा आतंकवादी हमला, ५० जना जवान मारिए


0
Shares

काठमाडौं, कात्तिक ९ । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा शहरस्थित एक प्रहरी तालिम केन्द्रमा भएको आतंकवादी हमलामा ५० जनाभन्दा बढी प्रहरी जवान मारिएका छन् ।

आतंकवादीहरुले तालिम केन्द्रमा प्रवेश गरी आत्मघाती बिस्फोट गराउँदा उनीहरुको मारिएका हुन् ।

प्रहरी तालिम केन्द्रमा प्रवेश गरेका तीन जना आक्रमणकारीको पनि मृत्यु भएको छ । हतियार र विस्फोटक पदार्थसहित प्रवेश गरेकाहरुले गरेको आतंकवादी हमलापछि प्रहरीले जवाफी कारबाही गरेको थियो ।

घटनामा एक सयभन्दा बढी प्रहरी जवान घाइते भएका छन् । चार घण्टासम्म चलेको जवाफी कारबाहीमा सेना, प्रहरी र आतंकवाद विरोधी दस्तासमेत परिचालन गरिएको बताइएको छ ।

हमलामा आतंकवादी समूह लस्कर–ए–झाँगवीको हात रहेको हुनसक्ने अनुमान गरिएको छ । (एजेन्सी)