१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


चीनमा तीन बर्षमा १० लाख भ्रष्टाचारीलाई सजाय


0
Shares

काठमाडौं, कात्तिक ९ । चीनमा गत तीन वर्षमा १० लाख चिनियाँ अधिकारीलाई भ्रष्टाचारको अभियोगमा सजायँ दिइएको खुलासा भएको छ ।

चीनको भ्रष्टाचारसम्बन्धी निगरानी राख्ने अनुशासन केन्द्रीय समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१३ बाट हालसम्ममा १० लाख चिनियाँ अधिकारीलाई भ्रष्टाचारी ठहर्‍याई सजायँ दिइएको हो ।

देश बाहिर रहेका चिनियाँ अधिकारीहरुको सम्पत्ति विवरण समेत संकलन गरी तयार पारको सूचीका आधारमा उनीहरुलाई कारबाही गरिएको सो समितिको भनाई छ ।

सो समितिले राष्ट्रपति सी जिनपिङको ठाडो आदेशमा दण्ड जरिवाना गरेको बताइएको छ । (एजेन्सी)