
रोल्पा, कात्तिक ८ । जिल्ला प्रहरी कार्यालयले सिउरी गाविसका विभिन्न स्थानबाट हतियारसहित पाँचजनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सिउरी–१ का दुजमान घर्तीमगर, सिउरी–७ का जोखबहादुर घर्तीमगर, सिउरी–८ का रामबहादुर बुढामगर र लोकबहादुर बुढामगर तथा सिउरी–९ का चन्द्रबहादुर घर्तीमगर रहेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।
उनीहरूका साथबाट भरुवा बन्दुक आठथान, खुकुरी र भरुवा बन्दुकको नाल एक–एकथान तथा पार्टपुर्जा, कम्ब्याट ड्रेस, बारुद २०० ग्राम, गोली २२ थान, सिसाको छर्रा ११८ थान र पेट्रोल दुई लिटर बरामद गरिएको छ ।
राष्ट्रिय मूलबासी मंगोलियन फोर्स नेपाल नामक समूहमार्फत् उनीहरूले विभिन्न गतविधि गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यसैबीच, उनीहरूले गत भदौ ११ गते सिउरी गाविसस्थित प्रहरीचौकीमा आक्रमणको असफल प्रयाससमेत गरेको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्