१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


क्यालिफोर्नियामा बस र ट्रक ठोक्किँदा १३ जनाको मृत्यु, ३१ घाइते


0
Shares

लसएन्जेलस (संयुक्त राज्य अमेरिका), कात्तिक ८ । दक्षिणी क्यालिफोर्नियाको प्रमुख राजमार्गमा आइतबार एक पर्यटक बस र ट्रक एकापसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

सो दुर्घटानमा परी अरु ३१ जना घाइते भएका अधिकारीले जानकारी दिएका छन् ।

‘दुर्घटना भएको अवस्थामा सबै यात्री सुतिरहेका होलान्’ भन्दै क्यालिफोर्निया राजमार्गका प्रहरी प्रमुख जिम आबेलेले भावुक हुँदै बताएका छन् ।

उनले सो दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनलाई समवेदना प्रकट गरेका थिए ।

सो दुर्घटनमा परी मृत्यु भएका व्यक्तिमा प्रायः बसको आगाडि भागमा बसेर यात्रा गरिरहेका छन् ।

यद्यपि, यस भीषण दुर्घटनाको कारण भने हालसम्म पत्ता नलागेको भएतापनि बस उच्चगतिमा रहेको र सोही अवस्थामा ट्रक आएर ठोक्ँिकदा दुर्घटना भएको आबेलेले थप जानकारी दिएका छन् ।

यस दुर्घटनाको अनुसन्धान जारी रहेको र बसचालकको ज्यान गएको तर ट्रकचालक भने जीवितै रहेका बताइएको छ । यस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको तत्काल परिचय खुलेका छैन ।

दुर्भाग्यबस् दुर्घटना परेका अन्य केही व्यक्तिको पनि परिचय नखुलेको आबेलेले बताएका छन् ।

उनीहरुको साथै रहेका परिचयपत्रबाट पनि प्रस्टरुपमा परिचयको पुष्टि हुन सकेको छैन । रासस/एएफपी