८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाउँछु : मन्त्री थापा


0
Shares

                                                            फाइल फोटो

काठमाडौं, कात्तिक ६ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाइ सबैको पहुँचमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रज्ञा ध्यान केन्द्रले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले गुणस्तरीय स्वास्थ्य सेवाको अभावमा धेरै नागरिकले पीडा भोग्नुपरेकोमा चिन्ता व्यक्त गरे ।

उनले विभिन्न योगी तथा साधकले पत्ता लगाएका ध्यान भावनाले सर्वसाधारणलाई सद्विचार तथा शरीरलाई निरोगी बनाउने बताउँदै यस्तो ध्यानको अभ्यासले स्वस्थ्य समाज निर्माणका लागि सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

केन्द्रका अध्यक्ष नवीन बज्राचार्यले उक्त स्थानमा बौद्धसाहित्यमा आधारित विभिन्न ध्यानको अभ्यास गराइने जानकारी दिँदै सन्तुलित आहार र विहारले मानिसलाई निरोगी तथा दीर्घजीवी बनाउने बताए ।

उक्त कार्यक्रममा दक्षिण कोरियाबाट आएका साधक तथा गुरुकोसमेत सहभागिता थियो । रासस