
मोरङ, कात्तिक ६ । झाडा–पाखालाबाट मोरङमा एक सुत्केरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ सोराभाग–९ स्थित सुुकुुम्वासी टोलका २५ वर्षीया चिनियाँ ऋषिदेव रहेकी छन् ।
एक हप्तादेखि झाडा–पाखालाकाबाट सिकिस्त भएकी उनको आफ्नै घरमा शुक्रबार राति मृत्युु भएको हो ।
ऋषिदेवको एक महिनाको बच्चा रहेको मृतकका बुुबा रामजी ऋषिदेवले बताए ।
झाडा–पाखालाका कारण सो बस्तीमा अझै आधादर्जन महिला बिरामी परेको स्थानीयवासीले बताए । रासस
प्रतिक्रिया दिनुहोस्