११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


नवलपरासी कारागारमा कैदीबन्दीहरुबीच झडप, पाँचजना घाइते


0
Shares

नवलपरासी, कात्तिक २ । नवलपरासी जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुबीच मंगलबार दिउँसो झडप हुँदा पाँचजना घाइते भएका छन् ।

खानपान र अरु सुविधामा सुधार ल्याउन माग गर्दा मुख्यनाइके र अरु नाइकेहरुले बन्दीहरुलाई हातपात गरेपछि झडप भएको बताइएको छ ।

‘मुख्यनाइके र चौकीदारको मनपरीविरुद्ध आवाज उठाउँदा उल्टै कुटपिट’ गरेको अरु बन्दीहरुले दाबी गरेका छन् ।

गुणस्तरीय खाना नदिएको, बाहिरबाट सामान मगाउँदा बजार भाउभन्दा दोब्बर लिने गरेको, नयाँ बन्दी आउँदा प्रवेश शुल्क भन्दै ५७० लिने गरेको आरोप कैदीबन्दीहरुले लगाएका छन् ।