
जकार्ता, कार्तिक १ । इन्डोनेसियाको बालीमा एउटा पुल भत्किदा कम्तीमा पनि नौ जनाको मृत्यु भएको छ ।
सो दुर्घटनामा परी अन्य ३० जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।
हिन्दु धर्मावलम्बीहरुले आस्थाको प्रतीक एउटा मन्दिरमा हुन गइरहेको कार्यक्रममा सहभागी हुनका लागि आइतबार साँझ सो पुलबाट श्रद्धालुहरु जाँदै गर्दा अचानक पुल भत्किएको बताइएको छ ।
पुल भत्किदा केही मोटरसाइकल पनि पानीमा खसेको स्थानीय संचारमाध्यमले जनाएका छन् । दुई साना द्वीपलाई जोड्ने उक्त पुल अधिक भारका कारण भत्किएको अनुमान गरिएको छ ।
पुल भएको स्थानमा समुद्र धेरै गहिरो नभए पनि पुलकै भग्नावशेषमा थिचिएर मानवीय क्षति भएको अधिकारीहरुको भनाइ छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्