१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


मोसुल सहरलाई आईएस मुक्त बनाउन सैन्य अभियान


0
Shares

बग्दाद, कार्तिक १ । इराकको मोसुल शहरलाई ईस्लामिक स्टेट (आईएस) विद्रोहीको पडकबाट मुक्त गराउन सेनाले कारवाही थालेको छ ।

सामरिक हिसाबले निकै महत्वपुर्ण मोसुल शहर आईएसको गढ मानिन्छ ।

इराकी प्रधानमन्त्री हैदर अल अबादीले मोसुल शहर विद्रोहीको पकडबाट मुक्त गराउन सेनाले कारवाही सुरु गरेको जानकारी दिएका हुन् । कुर्दीश लडाकु, इराकी सेना र सरकार निकट अन्य लडाकु समुहको संयुक्त सैन्य आक्रमणलाई अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सघाएको छ ।

इराकको दोस्रो ठुलो शहर मोसुल सन् २०१४ देखि आईएस विद्रोहीको अधिनमा छ । मोसुल शहर ईराकमा आईएसको पकड रहेको अन्तिम शहर हो ।

यो शहरबाट आईएसलाई भगाउन सकेको खण्डमा इराकमा आईएसलाई पराजित गरेको मानिन्छ । संयुक्त राष्ट्रसंघले मोसुल शहरको यो आक्रमणमा १२ लाखभन्दा बढी मानिस प्रभावित हुनसक्ने चेतावनी दिएको छ । (एजेन्सी)