८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


बोक्सी कुप्रथाविरुद्धको नेपाली चलचित्र ‘अग्निदहन’


0
Shares

काठमाडौं, असोज ३० । बोक्सीप्रथामा आधारित चलचित्र ‘अग्निदहन’को राजधानीमा छायांकन शुभारम्भ गरिएको छ ।

‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान’ले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी समाजमा व्याप्त बोक्सी कुप्रथाविरुद्ध नेपाली चलचित्र अग्निदहन निर्माण गर्न लागिएको जानकारी दिएको हो ।

कायक्रममा सूचना तथा सन्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले निर्माण गर्न लागिएको चलचित्र अग्निदहनले नेपाली समाजमा रहेको बोक्सी कुप्रथालाई जरैदेखि उखेलेर फ्याँक्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

लोकमणि पौडेलको कथामा बन्न लागेको चलचित्रको निर्देशन धनश्याम लामिछानेले गर्नेछन् ।

सामाजिक सचेतनाका लागि चलचित्र देशका ७५ ओटै जिल्लामा प्रदर्शन गरिने बताइएको छ ।