
वासिंटन, असोज ३० । उत्तर कोरियाले गरेको पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण असफल भएको अमेरिकी सेनाले जनाएको छ ।
उत्तर कोरियाले शनिबार गरेको मध्यमस्तरको ब्यालेस्टिक मिसाइलको परीक्षण असफल भएको दाबी अमेरिकी सेनाले गरे पनि प्योङयाङले भने अमेरिकी सेनाको यो दाबीप्रति कुनै टिप्पणी गरेको छैन ।
उत्तर कोरियाले चार हजार किलोमिटर परसम्म मार हान्न सक्ने मिसाइलको परीक्षण देशको उत्तर पश्चिमी तटबाट गरेको बताईएको छ । यो मिसाइलले दक्षिण कोरिया, जापान र ओसियाना क्षेत्रमा रहेको अमेरिकी भूभाग गुआमसम्म मार हान्न सक्छ ।
संयुक्त राष्ट्रसंघले ब्यालेस्टिक मिसाइल तथा परमाणु प्रविधि प्रयोग गर्न उत्तर कोरियामाथि प्रतिबन्ध लगाए पनि उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गर्दै आएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्