१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


भारतको वाराणसीमा भागदौड हुँदा कम्तिमा १८ जनाको मृत्यु


0
Shares

काठमाडौं, असोज २९ । भारतको प्रसिद्ध धार्मिकस्थल वाराणसीको राजघाट पुलमा भागदौड हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको छ ।

वाराणसी र चन्द्रौलीको बीचमा पर्ने राजघाट पुलमा शनिबार एक्कासि मच्चिएको भागदौडमा अरु कयौं घाइते भएका छन् ।

एक धार्मिक कार्यक्रम चलिरहेकाबेला भागदौड मच्चिएको बताइएको छ ।

केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्नसक्ने भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।