
न्यूयोर्क, असोज २८ । पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुटेरेस संयुक्त राष्ट्रसंघको नयाँ महासचिव बनेका छन् । उनले आउँदो जनवरीदेखि राष्ट्रसंघ महासचिवको जिम्मेवारी सम्हाल्ने छन् ।
संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा गुटेरेस नयाँ महासचिव बनेको औपचारिक घोषणा गरिएको हो ।
१० वर्षसम्म राष्ट्रसंघीय शरणार्थी नियोगको नेतृत्व सम्हालेका ६६ वर्षीय गुटेरेसले आउँदो वर्षको सुरुमा राष्ट्रसंघका वर्तमान महासचिव बान कि मुनको ठाउँ लिनेछन् ।
दुई कार्यकाल राष्ट्रसंघको नेतृत्व गरेका बानको पदावधि आउँदो जनवरीमा सकिँदैछ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्