१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


थाइल्याण्डका राजा भूमिबोलको निधन, एक वर्षसम्म शोक मनाउने घोषणा


0
Shares

बैंकक, असोज २८ । थाइल्याण्डका नरेश भूमिबोल अब्दुल्याहदेजको उपचारका क्रममा उमेरमा निधन भएको छ ।

८८ वर्षीय नरेश अब्दुल्लाहादेज लामो समयदेखि अस्वस्थ थिए । थाइ नरेशले गतवर्ष धेरै जसो समय अस्पतालमा बिताएका थिए भने सार्वजनिक रुपमा कमै देखिएका थिए ।

उनको सिरिराज अस्पतालमा उपचारको क्रममा निधन भएको थाइ राजदरवारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गत आइतबारमात्र थार्ई नरेशको अवस्था गम्भीर नभएको जनाइएको थियो ।

उनी रक्तचाप, श्वासप्रश्वासलगायतका समस्याबाट पीडित थिए । सन् १९४६ देखि राजगद्धीमा रहेका थाइ नरेशको निधनले थाइल्याण्डवासी शोकमा डुबेका छन् ।

६३ वर्षीय युवराज महा भाजिरालोङकोङ नयाँ थाई नरेश बन्ने थाई प्रधानमन्त्री प्रयुत चान ओचाले टेलिभिजन सम्बोधन मार्फत बताएका छन् । उनले मुलुकभर एक वर्षसम्म शोक मनाउने र एक महिनासम्म कुनै पनि मनोरञ्जनात्मक कार्यक्रम नगरिने जानकारी दिए ।

संवैधानिक राजतन्त्र रहेको थाईल्याण्डमा सन् २०१४ को कु पछि सेनाले सत्ता सम्हालेको छ । (एजेन्सी)