
काठमाडौं, असोज २४ । लामो समयदेखि अस्वस्थ्य रहेका थाइल्यान्डका नरेश भूमिबोल अब्दुल्लाहादेजको स्वास्थ्य अवस्था अहिले अस्थीर रहेको अधिकारीहरुले जनाएका छन् ।
उनको रक्तचाप झरेको र किड्नीमा देखिएको खराबीसम्बन्धी उपचारको तयारी भइरहेको चिकित्सकहरुले जनाएका छन् । उनी श्वास–प्रश्वाससम्बन्धी समस्याबाटसमेत पीडित छन् ।
उपचारमा संलग्न चिकित्सकहरुले भने भेन्टिलेटरमा राखिएका नरेशलाई औपचारिकरुपमा आफ्नो जिम्मेवारी अन्त्य गर्न आग्रह गर्ने बताएका छन् ।
८८ वर्षिय नरेश अब्दुल्लाहादेजले गत वर्ष धेरैजसो समय अस्पतालमा बिताएका थिए भने सार्वजनिकरुपमा कमै देखिएका छन् ।
सन् १९४६ देखि उनी थाइ नरेश छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्