११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


उद्योगी केडियाको अपहरणमा संलग्न आलम प्रहरी कारबाहीमा मारिए


0
Shares

अनिल तिवारी (इमेज)
वीरगन्ज, असोज २४ । वीरगन्जमा प्रहरीको जवाफी कारबाहीमा एक भारतीय अपराधी मारिएका छन् ।

वीरगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ सिरोमणि टोलमा आइतबार साँझ प्रहरीको गोली प्रहारबाट भारतीय अपराधी दिलशाद आलमको मृत्यु भएको हो ।

दुई महिनाअघि वीरगन्जका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रही फरार रहेका आलम विभिन्न अपहरण, फिरौतीलगायत आपराधिक गतिविधिमा संलग्न रहँदै आएका थिए ।

नियमित चेकजाँचकाक्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकललाई रोकेर सोधपुछ गर्दा पछाडि बसेका व्यक्तिले अचानक प्रहरीमाथि पेस्तोल ताकेपछि गोली चलाउनुपरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलचालक फरार भएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।

मृतकको साथबाट एकथान पोस्तोल र तीन राउन्ड गोलीसमेत बरामद गरिएको छ ।