
काठमाडौं, असोज २४ । कोलम्बियाका राष्ट्रपति ह्वाँ म्यानुअल सान्तोसले आफूले प्राप्त गर्ने नोबेल शान्ति पुरस्कारबाट प्राप्त हुने रकम आफनै देशका द्वन्द्वपीडितका पक्षमा समर्पित गर्ने घोषणा गरेका छन् ।
‘फार्क’ विद्रोही र सरकारबीचको सशस्त्रद्वन्द्वका कारण कोलोम्बियामा २ लाख ६० हजार मानिस मारिएका छन् भने ६ लाख जनता विस्थापित भएका छन् ।
५२ वर्ष लामो गृहयुद्ध अन्त्य गर्न सफल भएकोमा सान्तोसलाई यो वर्षको नोबेल शान्ति पुरस्कार दिने निर्णय गरिएको छ ।
सान्तोसले गत हप्ता कम्युनिष्ट विद्रोही समूह फार्कसँग शान्ति–सम्झौता गरेका थिए ।
तर, सम्झौतालगत्तै गरिएको जनमतसंग्रहले भने उक्त शान्ति–सम्झौतालाई अस्वीकृत गरेकाले शान्ति–सम्झौताको भविष्य के हुने भन्ने अन्यौल नै छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्