
पर्वत, असोज २३ । ससुरासँग अवैध सम्बन्ध भएको शंकामा पर्वतको दक्षिणमा पर्ने बर्राचौर गाविसकी एक महिलालाई श्रीमान्ले हत्या गरेको आरोप लगाइएको छ ।
बर्राचौर–८ पूर्णगाउँमा ४५ वर्षीया सेती नेपालीलाई उनका श्रीमान् देवहादुरले शुक्रबार राति हत्या गरेको बताइएको छ ।
घटनापछि देवहादुर र उनका बाबु जालेलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
शवपरीक्षणका लागि छिमेकी स्याङ्जा जिल्लाको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शेखर खनालले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्