११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


खुकुरी हानेर युवकले गरे आफ्नै बाबुको हत्या


0
Shares

चितवन, असोज २३ । भरतपुर उपमहानगरपालिका–१९ गणेशगन्जमा शनिबार साँझ एक व्यक्तिले बाबुको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार ६१ वर्षीय वसन्तप्रसाद सापकोटाका कान्छा छोरा २५ वर्षीय विनोदसापकोटाले खुकुरी प्रयोग गरी उनको हत्या गरेका हुन् ।

साँझ ७ः४५ बजे बाबु–छोराबीच झगडा हुँदा छोराको खुकुरी प्रहारबाट बाबु वसन्तप्रसादको बायाँ कानको तल्लो भागमा चोट लागेकाले चितवन मेडिकल कलेजमा उपचारका गराउनेक्रममा उनको मृत्यु भएको हो ।

घरायसी झगडाकाक्रममा मादकपदार्थ सेवन गरेका विनोदले बाबुको हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनापछि भागेका सापकोटालाई राति १२ बजे प्रहरीले पक्राउ गरेको थियो । रासस