
काठमाडौं, असोज २३ । बंगलादेशमा सैनिक कारबाहीमा ११ जना संग्दिग्ध मारिएका छन् ।
शनिबार राजधानी ढाकानजिकको टंगेल जिल्लामा भएको गोली हानाहानमा उनीहरु मारिएका हुन् ।
मारिनेमा जमात ए मुजाहिद्दीनका कार्यकर्ता रहेको बंगलादेशी अधिकारीहरुले बताएका छन् । घटनामा अरु केही घाइते भएका छन् ।
सुराकीको आधारमा गरिएको कारबाहीमा दोहोरो भिडन्त भएको बुझिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्